शीर्षकहरू

एलआरआरले सार्वजनिक गर्यो जेवाई एयर र जिली, मूल्य कति ?

एलआरआरले सार्वजनिक गर्यो जेवाई एयर र जिली, मूल्य कति ?

काठमाडौं । एलआरआर मोटरले जेवाई एयर र  जिली दुई वटा नयाँ ब्राण्डका गाडीहरू सार्वजनिक गरेकाे छ । कम्पनीले मंगलबार नाडा अटो शोमा चिनमा बनेको जिली र जुनयाओको जेवाई एयर ईभी सार्वजनिक गरेको हो। उक्त दुवै ब्रान्ड नेपालमा पहिलो पटक भित्रिएको हुन् ।

कम्पनीले शो अवधि भरका लागि गाडी खरिदमा भारी छुट दिएको छ । जिली ग्यालेक्स एक्स ५ प्रोको बजार मूल्य ५८ लाख रुपैयाँ छ । तर, अटो शोमा ५४ं.९९ लाख रुपैयाँ गाडी खरिद गर्न सकिनेछ । यो गाडीको ब्याट्री चार्ज क्षमता प्रति घण्टा ६०.२२ किलोबाट छ । मोटर पावर १६० किलोबाट । किलोमिटर रेन्ज ४३० छ ।

जिली ग्यालेक्सी एक्स ५ म्याक्सको बजार मूल्य ६८ लाख रुपैयाँ छ । शोमा दिइएको अफर पछि गाडीको मूल्य ६४.९९ लाख राखिएको छ । यसको ब्याट्री चार्ज क्षमता प्रति घण्टा ६०.२२ किलोबाट छ । मोटर पावर १६० किलोबाट । किलोमिटर रेन्ज ४२५ छ । 

जेवाई एयर अल्ट्राको बजार मूल्य ६८ लाख रुपैयाँ छ भने अटो शोमा ६४.९९ लाखमा अफर दिइएको छ । यसको ब्याट्री चार्ज क्षमता प्रति घण्टा ६४ किलोबाट छ । मोटर पावर ९९ किलोबाट । किलोमिटर रेन्ज ४४० छ ।

जेवाई एयर लाइटको ५४ लाख रुपैयाँ छ तर, शोमा ४९.९९ लाख रुपैयाँमा अफर दिइएको छ । यसको ब्याट्री चार्ज क्षमता प्रति घण्टा ६४ किलोबाट छ । मोटर पावर ९९ किलोबाट । किलोमिटर रेन्ज ३५५ छ ।

म्याक्सको सीटमा नै मसाजको सुविधा जडित गरिएको छ । यस गाडीको ब्याट्री टेक्नोलोजी हालसम्मकै उत्कृष्ठ रहेको छ । त्यसमा जडित ब्याट्रीको लाइफ ५० वर्षको हुनेछ । कम्पनीले ब्याट्रीमा भने ८ वर्षको वारेन्टी दिएको छ । गाडीको डिजाईन्, ग्राउण्ड क्लियरेन्स, सेफ्टी, लक्जरीयस सिट मूख्य आकर्षक फिचर हुन् ।

यसैगरी, जेवाई एयर गाडी एयरलाइन्सबाट नै इन्सपायर भएर निर्माण गरिएको हाे । जसको सीटमा बस्दा एयरलाइन्सको क्याबिनमा बसेजस्तो फिल हुन्छ । यो गाडी प्रिमियम हो । तर, मूल्य भने मास भेरियन्टकै गाडीको सरह रहेको छ । यस गाडीको सेफ्टी र लक्जरीमा कुनै कम्पर्माइज छैन । यो गाडी हालसालै उत्पादन भएको हो । जसको माग विश्वबजारमा अत्याधिक रहेको छ । 

कम्पनीले पूर्वाधार विस्तारमा पनि निकै जोड दिएको छ । नेपाल अधिराज्य भर सर्भिस सेन्टर र चार्जिङ स्टेसन निर्माण गर्न कम्पनीले सुरु गरेको छ । नक्सालको गैरीधारामा अन्तराष्ट्रिय स्तरको शोरुम कम्पनीले निर्माण गर्दै छ । जुन नेपालकै सबैभन्दा ठुलो शाेरुम हुनेछ । 

जहाँ सबै किसिमका सुविधा पाइन्छ । सोही स्थानमा एक्सचेन्जको सुविधा, टेस्ट ड्राइभ गर्ने सुविधा, पार्किङ स्पेस, रेस्टुरेन्टको सुविधा, क्यूक रिपेयरिङको सुविधा रहन्छ ।

 

 

nullnullnull