शीर्षकहरू

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सचिव शर्मा बीच कार्यसम्पादन सम्झौता

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सचिव शर्मा बीच कार्यसम्पादन सम्झौता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्मा बीच कार्यसम्पादन सम्झौता भएको छ । 

मंगलबार मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरु प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिए । ‘सम्झौतामा मूलभूत लक्ष्यहरु समेटिएका छन्’ मन्त्री दाहालले भने ,‘प्रधानमन्त्रीले मन्त्रीहरुसँग सम्झौता गर्नुभएको छ, त्यहि अनुसार आज मन्त्री र सचिव बीच सम्झौता भयो । यसलाई मार्गदर्शन ठानेर लक्ष्य प्राप्तिमा लाग्नु हुने छ भन्ने विश्वास छ ।’

गत आर्थिक वर्षमा सवैको मेहनतका कारण पूँजीगत खर्चको नतिजा राम्रो भए पनि त्यसमा ढुक्क नभई थप उच्च नतिजा निकाल्ने गरि काम गर्न उनले निर्देशन दिए । सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हासिल हुने गरि कार्यसम्पादन गर्न उनको निर्देशन दिए ।

यस्तै मन्त्रालयका सचिव शर्माले कुन महिना कति परिणाम निकाल्ने हो, सोही अनुसार लक्ष्य निर्धारण गरि कार्यसम्पादन गर्न विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूलाई निर्देशन दिए । सम्झौतामा उल्लेखित नतिजा सूचकहरु प्राप्त हुने गरि माइलस्टोन अनुसार काम गर्न उनले सुझाव दिए । 

गत साउन २९ गते प्रधानमन्त्री र मन्त्रीहरू बीच कार्यसम्पादन सम्झौता भएको थियो । सोही अनुसार मन्त्री र सचिव बीच सम्झौता भएको र अब सचिव तथा विभागीय प्रमुख एवम् महाशाखा प्रमुखहरु बीच सम्झौता गरिने मन्त्रालयका सहसचिव बलराम रिजालले जानकारी दिए ।