शीर्षकहरू

सिजीले सार्वजनिक गर्यो एक्स्पेङको एक्स ९, मूल्य २ करोड २० लाख

सिजीले सार्वजनिक गर्यो एक्स्पेङको एक्स ९, मूल्य २ करोड २० लाख

काठमाडौं  । सिजी मोटर्सले एक्स्पेङको प्रिमियर कार सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित नाडा अटो शोमा कम्पनीले एक्स्पेङको एक्स ९ सार्वजनिक गरेको हो ।

कारमा २३५ किलोवाटको मोटर क्षमता रहेको छ भने ८४.५ किलोवाटको ब्याट्री रहेको छ । जसले ४५० एनएम टर्क उत्पादन गर्छ । एसी चार्जबाट १० घण्टामा फुल चार्ज हुन्छ भने डीसी चार्जबाट २० मिनेटमा ८०% चार्ज हुन्छ ।

५०० किलोमिटरको रेन्ज रहेको छ भने ७ सिटर सो गाडीमा ७७५ लिटरको स्पेस छ । कारको लम्बाई ५.१ मिटर, चौडाई १.९ मिटर, उचाई १.७ मिटर र ग्राउन्डको क्लियरेन्स २२० मिमि रहेको छ । कारको सुरुवाती मूल्य २ करोड २० लाख रूपैयाँ रहेको छ ।