काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाई लाभांश दिएका छन् । कम्पनीहरूले बोनस र नगद लाभांश दिएका छन् ।
निर्जीवन बीमा कम्पनीहरूले अधिकतम ३० प्रतिशत नगद लाभांश र न्यूनतम् ०.१३ प्रतिशतसम्म नगद लाभांश दिएका छन् । २.५ प्रतिशत देखि १८ प्रतिशतसम्म बोनस शेयर दिएका छन् ।
निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आईजीआई प्रुडेन्सियलले ९.७४ प्रतिशत र हिमालयन एभरेष्टले ८.७५ नगद लाभांश दिएका छन् ।
यस्तै, प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस शेयर दिएको छ । नेपाल इन्स्योरेन्सले १५ प्रतिशत, नेपाल इन्स्योरेन्सले १५ प्रतिशत र शिखर र युनाइटेड अजोडले १०/१० प्रतिशत बोनस दिएका छन् । सानिमा जिआइसीले ८ प्रतिशत र नेकोले ७ प्रतिशत बोनस दिएको छ।
जीवन बीमा कम्पनीहरूले १.२४ प्रतिशत देखि २६.९८ प्रतिशत बोनस दिएका छन् । सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै २६.९८ प्रतिशत बोनस दिएको छ । नेपाल लाइफले १० प्रतिशत, रिलायबलले १२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १० प्रतिशत, प्रभु महालक्ष्मीले ८ प्रतिशत, एशियन लाइफले ५.१ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस दिएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत नगद लाभांश दिएको छ । नेपाल लाइफले ११ं.०५, सूर्य ज्योतिले २० प्रतिशत, सानिमा रिलायन्सले ९.२४ प्रतिशत, हिमालयन लाइफले ८ प्रतिशत र नेशनल लाइफले १० प्रतिशत लाभांशको दिएका छन् ।

आर्थिकन्यूज