शीर्षकहरू

यी हुन् नाडा अटो शोमा राखिएका 'बजेट फ्रेण्ड्ली' ६ कार : यस्तो छ मूल्य र छुट अफर

यी हुन् नाडा अटो शोमा राखिएका 'बजेट फ्रेण्ड्ली' ६ कार : यस्तो छ मूल्य र छुट अफर

काठमाडौं । आज भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । भदौ ८ गतेसम्म चल्ने यो शोमा विभिन्न ३६ वटा ब्राण्डले आफ्ना प्रोडक्टहरु प्रदर्शन गरेका छन् । जसमध्ये १८ वटा चारपांग्रे ब्राण्ड रहेका छन् । 

चारपांग्रे ब्राण्डमध्ये ६ वटा ब्राण्डले बजेट फ्रेण्डली कारहरु प्रदर्शन गरेका छन् । डङफेङको नामी देखि जीनपेङको लिङबक्ससम्मका बजेट फ्रेण्डली कारहरू यस शोमा देख्न पाइन्छ । 

यी हुन् ६ वटा बजेट फ्रेण्डली कारहरु 

डाङफेङको नामी ई१

एमएडब्लु वृद्धि मोटर्स प्रालिले यो नामी ई १ ह्याचब्याक गाडी नाडा अटो शोमा प्रदर्शन गरेको छ । जसमा ३१.४ किलोवाट आवरको ब्याट्री रहेको छ भने ४९.५ किलोवाटको मोटर रहेको छ । जसले ३३० किलोमिटरको रेन्ज दिन्छ । 

५ सिटर यो गाडीको लम्बाई ४ हजार २० मिमि, लम्बाई १ हजार ८१० मिमि र उचाई १ हजार ५७० मिमि रहेको छ । जसको मूल्य ३२ लाख रुपैयाँ रहेको छ । तर, नाडा अटो शोमा यो कार बुकिङ गर्दा ८० हजार रुपैयाँसम्म छुट पाइन्छ । 

nullहोएनको ईए

होङगन ट्रेड प्रालिले होएनको ईए गाडी प्रदर्शनीमा राखेको छ । जसको मूल्य २८ लाख रुपैयाँ रहेको छ । तर, कम्पनीले नाडा अटो शोको अवसरमा २१ लाख रुपैयाँमा नै सो गाडी बिक्री गरिरहेको छ । यसका साथै सो गाडी खरिद गर्ने ग्राहकलाई एउटा ईभी स्कुटर पनि सित्तैमा दिने कम्पनीले जनाएको छ । 

२५ किलोवाट मोटर क्षमता रहेको सो गाडीमा २३.९६ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले २८० किलोमिटरसम्मको रेन्ज दिन्छ । 

डीसी चार्जरबाट ४० मिनेटमा नै चार्ज हुन्छ भने एसी चार्जरबाट ७ घण्टामा फुल चार्ज हुन्छ । ६ सेकेण्डमा नै ६० किलोमिटरको पीकअप सो गाडीले दिन्छ । ३ हजार ५ सय मिमि लम्बाई, १ हजार ५ सय चौडाई र १ हजार ५४० मिमि उचाई रहेको सो गाडीको ग्राउण्ड क्लियरेन्स १७० मिमि रहेको छ । 

null

सेरेसको मिनि ईभी

एमएडब्लु वृद्धि मोटर्स प्रालिले सेरेसको मिनि ईभी पनि प्रदर्शनी गरेको छ । ४ सिटर यो गाडीमा २५ किलोवाटको मोटर र १३.८ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले १८० किलोमिटर रेन्ज दिन्छ । जसको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मूल्यमा केही छुट पनि हुने कम्पनीले जनाएको छ ।

४ घन्टामा ८० प्रतिशत चार्ज हुने सो गाडीको लम्बाई ३ हजार ३० मिमि, उचाई १ हजार ६४० मिमि र चौडाई १ हजार ४९५ मिमि रहेको छ । 

nullलुमिन

​​​​​​​एमएडब्लु वृद्धिले ह्याचब्याक गाडी सार्वजनिक गरेको छ । नाडा अटो शोमा कम्पनीले लुमिन ब्रान्डको ह्याचब्याक कार सार्वजनिक गरेको हो ।

३५ किलोवाटको मोटर क्षमता रहेको यस कारमा २८.०८ किलोवाटको ब्याट्री रहेको छ । जसले ३०१ किलोमिटर रेन्ज दिन्छ । 

कारको सुरुवाती मूल्य २२.९९ लाख रुपैयाँ रहेको छ । १ हजार ५९० मिमि उचाई, ३ हजार २७० मिमि लम्बाई, १ हजार ७०० मिमि चौडाई रहेको छ भने १७५ मिमि ग्राउण्ड क्लियरेन्स रहेको छ । गाडिले ८३ एनएम टर्क उत्पादन गर्दछ । 

nullटाटाको टीआगो डट ईभी एलआर

​​​​​​​नेपालका लागि टाटाको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले टीआगो डट ईभी प्रदर्शनीमा राखेको छ । जसको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ । तर, नाडा अटो शोको अवसरमा कम्पनीले २ लाख रुपैयाँ छुट दिएको छ । 

४८ किलोवाटको मोटर रहेको यस गाडीमा २४ किलोवाट आवरको ब्याट्री रहेको छ । ११४ एनएम टर्क यस मोटरले उत्पादन गर्दछ । 

एसी र डीसी दुवै चार्जरबाट यो गाडी चार्ज गर्न सकिन्छ । डीसी चार्जरबाट ५८ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ भने एसी चार्जरबाट ८ घन्टामा फुल चार्ज हुन्छ । 

२७ सय ८१ मिमि लम्बाई, १६ सय ७७ मिमि चौडाई र १५ सय ३६ मिमि उचाई रहेको यो गाडीमा २४० लिटरको स्पेस रहेको छ । ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी तथा भेहिकलमा ३ वर्ष तथा १ लाख २५ हजार किलोमिटरको वारेन्टी रहेको छ । यो गाडीले एक पटक फुल चार्ज गरेपछि २०५ किलोमिटरको रेन्ज दिन्छ । 

null

जीनपेङको लिङबक्स ईसी ०१

ठाकुर मोटर्स नेपाल प्रालिले जीनपेङको लिङकक्स ईसी०१ प्रदर्शनीमा राखेको छ । जसको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ । ३५ किलोवाटको मोटर रहेको छ, जसले १०५ एनएम टर्क उत्पदन गर्दछ । 

यसैगरी, १९.२ किलोवाट आवरको ब्याट्री प्याक यस गाडीमा पाउन सकिन्छ । जसले २४० किलोमिटरको रेन्ज दिन्छ । ४ सिटर यस गाडीमा २९३ लिटरको लगेज क्यापसिटी रहेको छ । ३५ सय ८४ मिमि लम्बाई, १४ सय ७५ मिमि चौडाई र १६ सय ६६ मिमि उचाई रहेको यस गाडीको ग्राउण्ड क्लिायरेन्स भने २०० मिमि रहेको छ । 

गाडीको तौल १ हजार २३० केजीको रहेको छ । म्याक्सिमम स्पीड १०१ किलोमिटर प्रति घन्टाको रहेको छ । 

null