शीर्षकहरू

१६ सयले घट्यो सुनको भाउ

१६ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा १ हजार ६ सय रूपैयाँले घटेर एक लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेर २ हजार २५५ रुपैयाँमा झरेको छ । हिजो सोमबार तोलाको २ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।