शीर्षकहरू

२९२.१ रुपैयाँमा भयो विकास हाइड्रोपावर पहिलो कारोबार

२९२.१ रुपैयाँमा भयो विकास हाइड्रोपावर पहिलो कारोबार

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको शेयर कारोबार आज बुधबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रति कित्ता २९२.१ रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले पहिलो कारोबारको लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। कम्पनीको सिम्बल BHCLरहेको छ ।

कम्पनीकोे आईपीओ वातको शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले गत असार २९ गते सर्वसाधारण तर्फ निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको थियो ।