शीर्षकहरू

बैंकिङ प्रणालीमा अधिक तरलता, ३० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, ३० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । प्रणालीमा अघिक तरलता भएपछि केन्द्रीय बैंकले २५ दिनका लागि उक्त रकम खिच्न लागेको हो । 

राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । जसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । उक्त रकमको साँवा तथा ब्याज भदौ २९ गते भुक्तानी हुनेछ । 

बोलकबोल ब्याजदर र बहु ब्याजदरमा गर्न सकिने छ । उक्त बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन् पाउने छन् ।