काठमाडौं । भदौ ३ गतेदेखि सुरु भएको नाडा अटो शोमामा टाटा मोटर्सले नयाँ विद्युतिय गाडीसँगै अफरहरु पनि सार्वजनिक गरेको छ । कम्पनीले टिआगो डट ईभी आकाशी नीलो रंगमा सार्वजनिक गरेको हो ।
कम्पनीले नाडा अटो शोको सुरु भएको दिन मंगलबार उक्त गाडी सार्वजनिक गरेको हो । कम्पनीले यस वर्षको नाडा अटो शोमा कर्भ डट ईभी, नेक्सन के३ डट ईभी, पन्च डट ईभी प्रदर्शनीमा राखेको छ ।
विशेष अफरहरू यस प्रकार छन् :
• सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging
• आकर्षक Discounts र Best Exchange Valuation
• ३ वर्षसम्म निःशुल्क Servicing
• निःशुल्क AutoPlus Insurance
• निःशुल्क Accessories र १ वर्षको Vehicle Tax
• घरमै निःशुल्क Charging Station Installation
• निःशुल्क Embossed Number Plate
यसरी, अफर र नयाँ मोडलहरुको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ ।
Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार, टाटाले यसपटक प्रस्तुत गरेको नवीन EV पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ ।
त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।
टाटाले यसै अटो शोमा नयाँ Safari पनि सार्वजनिक गरेको छ, जसमा ADAS, मेमोरी सिट, ड्यूल-जोन क्लाइमेट| कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरु छन् । यसको मूल्य १ करोड २१ लाख ९९ हजारबाट सुरु हुन्छ ।
आर्थिकन्यूज