शीर्षकहरू

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्टहरु सार्वजनिक

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्टहरु सार्वजनिक

काठमाडौँ । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो 'प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरु सार्वजनिक गरेको छ । कम्पनीले MT-15 V2 र FZ-S V3 DLX को नयाँ भेरियन्टहरु सार्वजनिक गरेको हो ।

MT-15 V2 अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टहरू र FZ- S V3 DLX “ICE FLUO VERMILLION” सार्वजनिक भएको हो । उद्घाटन कार्यक्रममा एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिती रहेको थियो ।

“MT - 15 V2 का 'ICE STORM' र ‘Vivid Violet Metallic' भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपिएकाे छ  भने FZ-S V3 DLX को 'ICE FLUO-VERMILLION' भेरियन्टले यामाहाको प्रसिद्ध FZ सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ।

नाडा शोको अवसरका यामाहाका कुनै पनि मोडल खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुट हुनेछ । यसैगरी राइडिङ ज्याकेट पाउन सकिने छ ।

नयाँ लन्चका बारेमा विष्णु कुमार अग्रवालले नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरूसम्म पुऱ्याउने उत्तम प्लेटफर्म भएको बताए ।
|