शीर्षकहरू

लघु बीमाको नाफा २२० प्रतिशतले बढ्यो, दुई कम्पनीको घट्यो

लघु बीमाको नाफा २२० प्रतिशतले बढ्यो, दुई कम्पनीको घट्यो

काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा लघु बीमा कम्पनीहरुको नाफा उल्लेख्य मात्रामा वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चौथो त्रैमासिक विवरण अनुसार नाफा २२० प्रतिशतले वृद्धि भएको हो । 

हाल सञ्चालनमा रहेका लघु बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष १० करोड ६९ लाख रुपैयाँ आर्जन गरेका छन् । 

नाफा आर्जन र वृद्धिमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स अगाडि रहेको छ  कम्पनीले २ हजार ६३२ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष २२ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको कम्पनीले गत वर्ष ६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

यसैगरी, नाफा वृद्धि गर्ने कम्पनीको दोस्रो नम्बरमा रहेको छ स्टार माइक्रो इन्स्योरेन्स । यस कम्पनीले २१२ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष १७ लाख नाफा आर्जन गरेको कम्पनीले गत वर्ष ५३ लाख रुपैयाँ कमाएको छ । 

धेरै नाफा आर्जन गर्नेमा गार्डियन पछि क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो क्रमशः रहेको छ । 

यो अवधिमा ट्रस्ट माइक्रो र नेपाल माइक्रोको नाफा घटेको छ । अघिल्लो वर्ष ६१ लाख रुपैयाँ आर्जन गरेको ट्रस्टले गत वर्ष ४६ लाख र अघिल्लो वर्ष २९ लाख रुपैयाँ आर्जन गरेको नेपाल माइक्रोले गत वर्ष १६ लाख रुपैयाँ मात्र आर्जन  गरेको छ । ट्रस्ट र नेपालको नाफा क्रमश: २५ प्रतिशत र ४५ प्रतिशतले घटेको छ । 

null