काठमाडौं । आज बुधबार शेयर बजार परिसूचक नेप्से ९.७० विन्दुले घटेको छ । यस दिन परिसूचक २ हजार ७६७.२० विन्दुमा ओर्लिएको छ ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । हिजो मंगलबार ५ अर्ब ५७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
आज नेपाल पुनर्बीमा कम्पनीको २५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
५९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १८८ कम्पनीको शेयर मूल्य घटेको छ । होटल र म्युचुअल फण्डबाहेक सबै उपसूचक समूह घटेका छन् ।
आर्थिकन्यूज