शीर्षकहरू

रविलाई भेट्न नख्खु कारागार जाँदै पूर्वप्रधानमन्त्री प्रचण्ड

रविलाई भेट्न नख्खु कारागार जाँदै पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न बुधबार सनख्खु कारागार जाने भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पूर्वप्रधानमन्त्री दाहाल बुधबार साँझ ६ बजे नख्खु कारागार जाने भएका छन् । सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि नख्खु कारागार राखिएको छ । उनलाई गत शनिबार रूपन्देही कारागारबाट काठमाडौंमा ल्याइएको हो ।