शीर्षकहरू

प्रभू बैंक र माछापुच्छ्रे  पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकबीच विशेष छुट सम्झौता

प्रभू बैंक र माछापुच्छ्रे  पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकबीच विशेष छुट सम्झौता

पोखरा । पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुच्छ्रे  पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि को स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशतदेखि २०प्रतिशतसम्म छुट पाउने भएका छन । सो छुट सेवा सुविधा  माछापुच्छ्रे  पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिमा प्राप्त गर्न  सकिने कम्पनीले जनाएको छ ।

उक्त सम्झौता–पत्रमा माछापुच्छ्रे  पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक  भावना भण्डारी तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर गरेका थिए ।