काठमाडौं । नाडा अटो शो २०२५ मा आधा दर्जनभन्दा बढी बैंकले सवारीसाधन खरिदका लागि सस्तो ब्याजदरमा ऋण दिने उपलब्ध गराउने घोषणा गरेका छन् । गाडी खरिद गर्न चाहने ग्राहकलाई सस्तो ऋण दिने बैंकहरुमा एनएमबी बैंक,सानिमा बैंक, नेपाल एसबीआई बैंक कृषि विकास बैंक,नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् ।
नाडा अटो शो २०२५ मा यी बैंकले नाडा शो स्थलमा नै स्टल राखेर आफ्नो सेवा दिइरहेका छन् । एनएमबी बैंकले विद्युतीय सवारी किन्दा ७.१३ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले ५ वर्षका लागि भने ८.८९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।
त्यस्तै, कृषि विकास बैंकले सबैभन्दा सस्तोमा ऋण दिएको छ। बैंकले ६.२३ प्रतिशत ब्याजदरमै अटो कर्जा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, नबिल बैंकले न्यूनतम ६.७४ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने भएको छ । ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशत ब्याजदरमै अटो कर्जा दिने भएको छ । यस बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदर योजना पनि ल्याएको छ ।
नेपाल एसबीआई बैंकले पनि ६.९९ प्रतिशत ब्याजदरको सवारी कर्जा लिने छ। बैंकले न्यूनतम ३ वर्षदेखि ७ वर्षसम्म अवधिका लागि कर्जा दिनेछ । लक्ष्मी सनराइज बैंकले ७ वर्षका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा योजना सार्वजसनक गरेको छ ।
हिमालयन बैंकले ७.५७ प्रतिशतमा कर्जा उपलब्ध गराउने भएको छ । कर्जाको अवधि ८ वर्ष राखेको छ । सानिमा बैंकले विद्युतीय सवारी साधन किन्न न्यूनतम ७.४९ प्रतिशत स्थिर ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ ।
आर्थिकन्यूज