काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछाने विरुद्ध गरिएको राजनीतिक प्रतिशोध बिरूद्ध सुरु गरेको हस्ताक्षर अभियानमा ३४ लाख हस्ताक्षर संकलन भएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार अभियानका लागि ६५ लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ।
हस्ताक्षर संकलन अभियान पश्चिम देखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ।
बुधबार देखि ‘देश यात्रा’ सुदूरपश्चिमको कञ्चनपुरबाट सुरू भएको छ। यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य दीपक बोहोराले गरेका छन् ।
आर्थिकन्यूज