काठमाडौं । पछिल्लो एक सातामा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३०.३९ अंकले घटेको छ । गत बिहिबार २ हजार ७८८.३६ अंकमा बन्दा भएको बजार आज बिहिबार २ हजार ७५७.९७ विन्दुमा झरेको छ ।
गत आइतबार २७.१४ अंकले घटेको बजार सोमबार ९.१६ र मंगलबार ६.५१ अंकल वृद्धि भएको थियो । यसैगरी, बुधबार र बिहिबार क्रमशः ९.७० र ९.२२ अंकले घटेको छ ।
यो साता २९ अर्ब ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आइतबारदेखि आज बिहिबारसम्म कारोबार रकम निरन्तर घटिरहेको छ ।
आइतबार ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६ अर्ब ६१ करोडमा खुम्चिएको थियो । मंगलबार ५ अर्ब ५७ करोड, बुधबार ५ अर्ब ४ करोड र बिहिबार ५ अर्ब २ करोड रुपैयाँमा कारोबार खुम्चिएको छ ।
साताको अन्तिम दिन आज बिहिबार १९७ कम्पनीको शेयर मूल्य घट्दा ५३ कम्पनीको मूल्य बढेको छ । जसमध्ये विकास हाइड्रोपावरको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै २४ करोड रुपैयाँ बढीको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको २० अर्ब बढीको शेयर कारोबार भएको छ ।
आर्थिकन्यूज