शीर्षकहरू

सेक्युर्ड सेक्युरिटिजले ४८ प्रतिशत लाभांश दिने घोषणा

सेक्युर्ड सेक्युरिटिजले ४८ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ३६) ले ३३.३३ प्रतिशत बोनस शेयर र १४.६७ नगद लाभांश लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले कुल ४८ प्रतिशत लाभांश दिने भएको हो । उक्त लाभांश पारित गर्न कम्पनीले भदौ २७ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा १८औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले चुक्ता पुँजीमा हुने वृद्धि भएपछि  प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र अन्य कुनै उपयुक्त धितोपत्र दलाल कम्पनीसँग मर्जमा जाने र सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।