शीर्षकहरू

हिमालयन लाइफको म्युचुअल फण्ड एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउने

हिमालयन लाइफको म्युचुअल फण्ड एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउने

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखि योजना निष्काशन गर्ने भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीले एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो। हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ। 

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागेको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

सो योजनाको इकाईका खरिदका लागि भदौ १५ गतेदेखि आवेदन दिन सकिने छ। फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।