शीर्षकहरू

जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त

जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त

काठमाडौं । जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त भएका छन् । एलआरआर मोटरले उनलाई शुक्रबार एक कार्यक्रमका बीच एम्बेस्डर नियुक्त गरेको हो । 

कार्यक्रममा बोल्दै नवनियुक्त एम्बेस्डर लामाले जेवाई एयर गाडीमा चडदा प्लेनको ककपिटमा चडे जस्तै भएको अनुभव सुनाए । ‘यस गाडीको थिम एयरलाइन्सको जस्तै छ’ उनले भने । 

एलआरआर मोटरले गत भदौ ३ गते मंगलबार नाडा अटो शोको अवसरमा जेवाई एयर गाडी सार्वजनिक गरेको थियाे । जेवाई एयर अल्ट्राको बजार मूल्य ६८ लाख रुपैयाँ छ भने अटो शोमा साे गाडी ६४.९९ लाखमा किन्न सकिन्छ । यसको ब्याट्री क्षमता ६४ किलोवाट, मोटर पावर ९९ किलोवाट र रेन्ज ४४० किमि रहेकाे छ ।

जेवाई एयर लाइटको ५४ लाख रुपैयाँ छ तर, शोमा ४९.९९ लाख रुपैयाँमा अफर दिइएको छ । यसमा ६४ किलाेवाटकाे ब्याट्री, मोटर पावर ९९ किलोवाट र रेन्ज ३५५ किमि रहेकाे छ ।

null

जेवाई एयर गाडी एयरलाइन्सबाट नै इन्सपायर भएर निर्माण गरिएको हो । जसको सीटमा बस्दा एयरलाइन्सको क्याबिनमा बसेजस्तो फिल हुन्छ । यो गाडी प्रिमियम हो । तर, मूल्य भने मास भेरियन्टकै गाडीको सरह रहेको छ । यस गाडीको सेफ्टी र लक्जरीमा कुनै कम्पर्माइज छैन । यो गाडी हालसालै उत्पादन भएको हो । जसको माग विश्वबजारमा अत्याधिक रहेको कम्पनीले दाबी गरेको छ । मोटरले सोही दिन जिली पनि सार्वजनिक गरेको थियो ।