शीर्षकहरू

साउनमा १६० वटा ईभी आयात, उत्तरी नाका अवरुद्ध हुँदा भारतबाट धेरै भित्रिए

साउनमा १६० वटा ईभी आयात, उत्तरी नाका अवरुद्ध हुँदा भारतबाट धेरै भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना (साउन) मा १६० वटा विद्युतिय सवारी(कार, जीप र भ्यान) आयात भएका छन् । ४१ करोड ८८ लाख रुपैयाँ बराबरको १६० वटा ईभी आयात भएको भन्सार विभागले जनाएको छ ।

उक्त ईभी आयातबाट २८ करोड २९ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । यो अवधिमा सबैभन्दा धेरै गाडी भारतबाट आयात भएका छन् । भारतबाट ८५ वटा गाडी आयात ईभी हुँदा चिनबाट ६० वटा ईभी आयात भएको विभागले जनाएको छ ।

यसैगरी, थाइल्याण्डबाट १३ वटा, दक्षिण कोरियाबाट १ र अमेरिकाबाट १ वटा ईभी आयात भएको विभागको तथ्यांकले देखाउँछ । 

उत्तर तर्फ अर्थात् चिनतर्फको नाकाहरु बाढी पहिरोका कारण प्रभावित हुँदा भारतबाट ईभीको आयात धेरै हुन पुगेको व्यवसायीहरूको भनाई छ । 

गत असार २३ गते भोटेकोशिमा आएको बाढीले रसुवा तर्फको रुट अवरुद्ध बनाएको छ । यसैगरी, तातोपानी नाका पनि पहिरोले बेला-बेला अवरुद्ध हुने गरेको छ । यसले गर्दा साउनमा चिनबाट अर्डर भएका गाडीहरु पनि नेपाल आइपुग्न नपाएको व्यवसायीहरु बताउँछन् । यसले गर्दा पनि यस महिनामा चिनभन्दा भारतबाट धेरै ईभी आयात हुन पुगेको हो । 

अन्य महिनाहरुमा कुल आयातको ७० प्रतिशत ईभी चिनबाट आयात हुँदै आएका थिए ।

null