शीर्षकहरू

युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक कार्यरणनीति चाहिन्छ

युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक कार्यरणनीति चाहिन्छ

काठमाडौं । युवाहरुको बढ्यो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र व्यवसायिक कार्यरणनीतिको खाँचो रहेको सरोकारवालाहरुले औंल्याएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजामा भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो, २०२५’ को अवसरमा शुक्रबार राजधानीमा आयोजित ‘युथ, मोबिलिटी, एण्ड नेशनल्स ड्रि ः ब्रिडिङ दी ग्याप बिट्वीन एसप्रेशन एण्ड अप्रुचुनिटी ईन नेपाल’ वृहत छलफल कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । 

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवंम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षत्रीले नेपालको शिक्षा प्रणालीनै कमजोर र विदेशीका लागि कामदार उत्पादन गर्ने खालको भएकाले युवाहरु स्वदेशमा बस्नै नचाएको बताए । 

उनले भने, ‘युवाहरु आज किन विदेशिन चाहिरहेका छन् ? पहिलो त यहाँ भनेजस्तो रोजगारीको ज्ञारेन्टी छैन । अर्कोतर्फ युवाहरुमा स्वतन्त्रतासँगै गुणस्तरिय शिक्षा र भविष्य बनाउने चिन्ता छ । यसले आज देश विस्तारै रिक्तिदैछ । यो क्रम अझ बढ्दो छ । यसो हुनुको पछाडीको दोष हाम्रो राजनीतिक प्रणाली, प्रशासनिक प्रणाली र नीतिगत कमजोरीको कारण हो । यदि देशमै सही नीति र व्यवसायिक कार्यरणनीतिको व्यवस्था भइदिएको भए आज युवाहरु विदेशिने थिएनन् । एउटा घर र एउटा गाडी चढ्नकै लागि आज युवाहरु यसरी विदेशिने थिएनन्’ क्षत्रीले भने ।

त्यसो त यसको पछाडी युवाहरुमा बढ्दो महत्वकांक्षाले पनि काम गरेको उनको भनाइ छ । युवाहरुलाई कसरी देशमै अडिने वातावरण बनाउने र गएकाहरुलाइ फर्काउने भन्ने मुद्दामा बोल्दै अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले रणनीतिक योजनासहित नेपाली समाजको गलत सोच र धारणालाई परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘यहाँ हाम्रो सोचाइनै गलत छ, व्यवसायिक नबनिकन पुँजी बनाउन सकिँदैन । तर नेपाली समाज पुँजीपतिलाई नराम्रो दृष्टिकोणले हेर्छ । कामको कमिसनलाई गलत अर्थमा बुझ्छ । अझ व्यवसायिक मिडियटरलाई त बिचौलिया दलाली भनेर टिक्नै दिदैन । यस्ता अरु धेरै उदाहरणहरु छन् । जसले मुलुकमा व्यवसायिक वातावरण बन्न दिइरहेको छ । यसले रोजगारी र पुँजी वृद्धिमा काम गर्न दिइरहेको छ । यसपनि युवाहरुमा नैरास्यता बढ्दैछ र विदेश पलायन बढ्दैछ ।’

तर विदेशिएका युवाहरुलाई स्वदेश फकाउन स्पष्ट नीति, व्यवसायिक रणनीति र सहजीकरण गर्नाले फर्काउन सकिने उनले बताए । 

यसैगरी नेपाल युवा उद्यमी संघका अध्यक्ष सुदिप घिमिरेले स्वदेशमै गर्न सकिने ठूलो सम्भावनाहरु हुँदाहुँदै पनि युवाहरुलाई रोक्न नसकिएको बताए । देशको अस्थिर राजनीति, नीतिगत जटिलता, प्रशासनिक झमेला अरु धेरै कारणहरुले युवाहरुलाई दिकदारी लगाउने काम गरेकोले विदेशिन खोजिरहेको उनले बताए । यसका लागि सरकारले समयमै स्पष्ट नीति तथा कार्यरणनीतिसहित युवा लक्षित कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

४०–५० लाखको गाडी चढ्न कोही पनि युवाहरु विदेशिनु नपर्ने बरु यहीँ सामाजिक प्रतिष्ठा र स्वतन्त्रतासहित यहीँ केहीँ गर्न सक्ने सम्भावना रहेको उनले बताए । विदेशमा कमाएको पैसाले घर गाडीको किस्ता हाल्दाहाल्दै जीवन सकिने अवस्था रहेकोमा नेपालमै केहीँ सहज नीति भए युवाहरुले यहीँ घर पनि जोड्न सक्ने र गाडी पनि चढ्न सक्ने स्थिति बन्ने उनले बताए । 

कार्यक्रममा नेपाल अटो पत्रकार संघ (जाम) का अध्यक्ष सागर गजुरेलले आजको पुस्ता गाडी र घर जोड्नकै लागि विदेशीने गरेको तितो यर्थात्को न्यूनिकरणका लागि सरकारले सरल र सहज सवारी कर्जा नीतिलाई अघि सार्नुपर्ने बताए । गाडीको आयु २० वर्ष तोक्ने तर कर्जाको अवधि ७ वर्ष राख्ने जस्ता गलत नीतिका कारण आज युवाहरुले गाडी चढ्ने सपना विदेशमा पुरा गर्न खोजिरहेको उनले बताए । यस्तो सहजता स्वदेशमानै बनाउनुपर्नेमा अध्यक्ष गजुरेलले जोड दिए । 

अन्तरक्रिया कार्यक्रम नाडाको आयोजना र अटो पत्रकार संघ (जाम) सह-आयोजनामा सम्पन्न भएको हो ।