शीर्षकहरू

यातायात मन्त्रालय मन्त्री देवेन्द्र दाहालको विदेशी लिपी मोह, इम्बोस्ड नम्बर प्लेटको चौतर्फी विरोध

यातायात मन्त्रालय मन्त्री देवेन्द्र दाहालको विदेशी लिपी मोह, इम्बोस्ड नम्बर प्लेटको चौतर्फी विरोध

 काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री देवेन्द्र दाहालले देवनागरिक लिपि हटाएर विदेशी लिपी इम्बोस्ड नम्बर प्लेट राख्ने  निर्णयको चौतर्फि विरोध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रियपात्र मानिने मन्त्री दाहाल झापा निवासी हुन ।

उनी पहिलो पटक मन्त्री भएका बेलामा नै विवादीत विषयलाई जवजस्ती लागू गराउन खोजिरहेका छन् । उनको यो निर्णय राष्ट्रहित विपरीत भन्दै विभिन्न वौद्धिक व्यक्ति, विद्यार्थी संगठन र विभिन्न दलका विद्यार्थी संगठनहरुले कडा आपत्ति जनाएको छन् । 

प्राज्ञिक विद्यार्र्थी परिषद् नेपालले एक विज्ञप्ति जारी गर्दै सरकारले नेपाली भाषा र देवनागरी लिपिको सम्मान नगरी विदेशी दबाबमा परेर  राष्ट्रको पहिचान कमजोर बनाउने नीति अनुसार सवारी साधनमा इम्बोष्ट नम्बर प्लेट  अनिवार्य गर्ने गरि प्रकृया अगाडि  बढाएको आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानले देवनागरी लिपिलाई आधिकारिक रूपमा मान्यता दिएकाले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा र लिपिको प्रयोग हुनैपर्छ। तर, सरकारले यसको प्रयोग नगरी विदेशी भाषा र लिपि प्रयोग गर्न खोज्नु अत्यन्तै आपत्तिजनक र असंवैधानिक कदम हो ।’

परिषद्ले संघीय संसद्को निर्णय विपरीत २०७९ सालदेखि नै सरकारले इम्बोस्ड नम्बर प्लेटलाई जबर्जस्ती कार्यान्वयन गर्दै आएको, तर सर्वसाधारण र अदालतले समेत यसबारे गम्भीर आपत्ति जनाइसकेकाले अब सरकार तुरुन्तै यो निर्णय फिर्ता लिनुपर्ने चेतावनी दिएको छ ।

साथै, परिषद्ले सरकारले राष्ट्रको स्वाभिमान र पहिचान सुरक्षित गर्न नेपाली भाषा, संस्कृति र लिपिको संरक्षणमा जोड दिनुपर्नेमा उल्टै विदेशी दवाव र स्वार्थका कारण नेपाली जनतालाई विस्थापित गर्ने खालका कदम चालिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

null
nullnull