शीर्षकहरू

माबिलुङ्ग इनर्जीको आईपीओ यसरी भयो बाँडफाँड

माबिलुङ्ग इनर्जीको आईपीओ यसरी भयो बाँडफाँड

काठमाडौँ ।माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो । 

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको बाँडफाँडमा १ लाख २४ हजार ८९० जनाले मात्र आईपीओ पाएका छन् । जसमध्ये ४ जनाले थप १।१ कित्ता गरी ११ कित्ता शेयर पाए ।

कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन बाँडफाँड गरिसकेको छ । 

कम्पनीले संखुवासभामा ४.९५ मेगावाटको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।