शीर्षकहरू

सहुलियतपूर्ण कर्जाको साढे ७८ अर्ब बक्यौता, ९५ हजार ऋणीले तिरेनन् कर्जा

सहुलियतपूर्ण कर्जाको साढे ७८ अर्ब बक्यौता, ९५ हजार ऋणीले तिरेनन् कर्जा

काठमाडौं ।नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जाको ७८ अर्ब ६६ करोड बक्यौता रहेको छ । आर्थिक वर्ष २०८१-८२ मा झण्डै ९५ हजारले लिएको साढे ७८ अर्ब रुपैयाँ भन्न्दा बढी सहुलियतपूर्ण कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत कुल ९४ हजार ९ सय २० ऋणीले लगेको ७८ अर्ब ६६ करोड कर्जा उठ्न बाँकी रहेको हो।

यसमा कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लगेका ३५ हजार ८ सय ६१ ऋणीले ५७ अर्ब ५५ करोड कर्जा उठ्न बाँकी छ । त्यस्तै, महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६ सय ३६ महिला उद्यमीले लगेको २० अर्ब ९ करोड कर्जा तिर्न बाँकी रहेको छ । साथै सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १ हजार ४ सय २३ ऋणीले लगेको १ अर्ब २ करोड कर्जा उठ्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसअगाडि सरकारले ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उपलब्ध गराउँदै आएको पैसा दुरुपयोग भएको अध्ययन देखिएको थियो। सहुलियतपूर्ण कर्जाको दुरुपयोग बढेपछि पछिल्लो समय यस्तो कर्जा कम गरिएको थियो। व्यवसायीले सहुलियतपूर्ण कर्जा विभिन्न क्षेत्रमा लगानी गरी कर्जाको दुरुपयोग गरेको राष्ट्र बैंकले अध्ययनले देखाएको छ ।