काठमाडौं। नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको वित्तीय कारोबारलाई अझ सरल बनाउने उद्देश्यले ईसेवा बिजनेस लिङ्क सुविधा सार्वजनिक गरेको छ।
यस स्विफ्ट खाता स्विच सहितको सुविधा मार्फत अब प्रयोगकर्ताले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत दुवै खाताहरू एउटै इसेवा एपबाट व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ।
सबै व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको आर्थिक कारोबारलाई अझ सरल बनाउने उद्देश्यले ल्याइएको यो नयाँ सुविधा डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्त्वपूर्ण कदम मानिएको छ।
आधुनिक समयमा धेरै वित्तीय खाताहरू व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै, ईसेवा बिजनेस लिङ्कले एउटै एपबाट सबै वित्तीय कारोबारको सहज व्यवस्थापन सुनिश्चित गरेको छ। यसले विभिन्न खाताहरूमा बारम्बार लगइन गर्ने वा एपहरू परिवर्तन गरिरहने झन्झटबाट मुक्ति दिनेछ।
ईसेवा बिजनेस लिङ्कले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरूलाई एउटै एपबाट व्यवस्थापन गर्न सहज बनाउँछ। यसले तत्काल खाता स्विच, सहज नगद व्यवस्थापन र तत्काल बिना कुनै शुल्क निकासीको सुविधा दिँदै दैनिक कारोबारको हिसाबकिताब राख्न मद्दत गर्छ।
साथै, यसले उत्कृष्ट डिजिटल भुक्तानी अनुभव प्रदान गर्छ र बिजनेस क्युआर भुक्तानीहरूलाई सरल बनाउने कम्पनीले बताएको छ।
आर्थिकन्यूज