शीर्षकहरू

नाडा अटो शोमा जीलीको १८७ वटा गाडी बुकिङ, आजैबाट डेलिभरी सुरु

नाडा अटो शोमा जीलीको १८७ वटा गाडी बुकिङ, आजैबाट डेलिभरी सुरु

काठमाडा । हिजोदेखि सम्पन्न नाडा अटो शोमा जीली एक्स फाइभ विद्युतीय गाडीले उल्लेखनीय बुकिङ हासिल गर्दै किर्तीमान कायम गरेको छ । जीली ब्राण्डको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी एलआरआर मोटर्सका अनुसार नाडा शोमा १८७ वटा बुकिङ भएको छ ।

कम्पनील जीलीको म्याक्स र प्रो गरी दुई भेरियन्टमा गाडीहरु प्रदर्शनी गरेको थियो । जहाँ ठूलो संख्यामा दर्शकहरूको भिड लागेको थियो । अत्याधुनिक प्रविधि, अधिक रेञ्ज, र आकर्षक डिजाइनका कारण ईएक्स फाइभले भरपर्दो, प्रिमियम र स्टाइलिश ईभी खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको हो । 

'नाडामा जीली एक्स फाइभले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ,” एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने, “छ दिनमै १८७ वटा बुकिङ हुनु जीलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो । यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय ईभी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।'

श्रेष्ठका अनुसार जीली एक्स फाइभ श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरुलाई आकर्षित गराएको हो । 

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो । साथै आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेण्टि समेत दिएको छ ।

बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु हुने कम्पनीले जनाएको छ ।