काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सवारी धनीहरूलाई आफूलाई अनुकूल भएको समयमा स्वःस्फूर्त रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो ।
साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वतस् स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ ।
मगंलबार विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्डरजरिवाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

आर्थिकन्यूज