काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयले नियुक्त गरेको हो । यसअघिका अध्यक्ष रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान–स्टाफ कलेज)मा नियुक्त गरेपछि अध्यक्ष पद रिक्त रहेको थियो ।
अर्थमन्त्रालयले सञ्चालक नियुक्त गरेपछि बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । उनले आजै नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् ।
आर्थिकन्यूज