शीर्षकहरू

एक तोला सुनको मूल्य १ लाख ९९ हजार

एक तोला सुनको मूल्य १ लाख ९९ हजार

काठमाडौं । आज बुधबार सुनको भाउ वृद्धि भएको छ । यस दिन ३ सय रुपैयाँले वृद्धि भएर एक तोला सुनको भाउ एक लाख ९९ हजार रुपैयाँ पुगेको छ । 

हिजो मंगलबार एक लाख ९८ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य १५ रूपैयाँले घटेर २ हजार ३४५ रुपैयाँमा झरेको छ ।