काडमाडौं । ग्रीन भेन्चर्स कम्पनीले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको छ । भदौ १० गते मंगलबार यी दुई कम्पनी बीच शेयर खरिद सम्झौता भएको हो ।
कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावबाट क्षमताको अर्धजलाशययूक्त प्रोजेक्टको विकास तथा निमार्ण गरिरहेको छ । उक्त आयोजनाले विद्युत उत्पादनको अनुमति पाइसकेको छ । सो आयोजनाको अनुमानित लागत ३९ अर्ब ५० करोड रुपैयाँ छ ।
लक्ष्मी सनराईज बैंकको अगुवाईमा विभिन्न बैंकहरुको सहवित्तियकरण समूहले सो आयोजनामा लगानी गर्ने गरी यस अघिनै वित्तिय व्यवस्थापनको कार्य सम्पन्न भईसकेको छ । सो आयोजनाको अनुमानित कुल लागत ३९ अर्ब ५० करोड रहेको छ ।
यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ : २५ रहनेछ । यो आयोजनाको निर्माणबाट देशको उर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।
आर्थिकन्यूज