शीर्षकहरू

सिक्लेस हाइड्रोको ७३ लाख ८४ हजार कित्ता शेयरको लक इन एक महिनाभित्र सकिंदै

सिक्लेस हाइड्रोको ७३ लाख ८४ हजार कित्ता शेयरको लक इन एक महिनाभित्र सकिंदै

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको शेयरको लक इन अवधि आगामी असोज १० गते साकिने भएको छ ।

संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले ७३ लाख ८४ हजार ५०० कित्ता शेयर होल्ड गरेका छन् । जसमा संस्थापकहरुले ६५ लाख कित्ता शेयर होल्ड गरेका छन् । स्थानिय बासिन्दाहरुले ८ लाख ५० हजार  कित्त शेयर होल्ड गरेका छन् र कर्मचारीहरुले ३४ हजार ५०० कित्ता शेयर होल्ड गरेका छन् ।

लक इन अवधिपछि संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछन् ।

नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँड भएको मितिदेखि ३ वर्षसम्म शेयर बिक्रीमा रोक लगाउने व्यवस्था रहेको छ ।

null