शीर्षकहरू

ऐन महरविरुद्ध पक्राउ पुर्जी

ऐन महरविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । प्रहरीको साइबर ब्यूरोले नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक महिलाले दिएको निवेदनका आधारमा ब्यूरोले पक्राउ गर्न लागेको हो ।

स्थायी घर बझाङ भएका महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । उनी गएको निर्वाचनमा प्रतिनिधिसभाका उमेदवारसमेत बनेका थिए । तर, उनी पराजित भएका थिए ।