शीर्षकहरू

तीनदिन लगातार बढेको बजार आज ३८ अंकले घट्यो, कारोबार भने बढ्यो

तीनदिन लगातार बढेको बजार आज ३८ अंकले घट्यो, कारोबार भने बढ्यो

काठमाडौं । तीन कारोबार दिन लगातार वृद्धि भएको शेयर बजार परिसूचक नेप्से आज बिहिबार भने घटेको छ । परिसूचक घटेपनि कारोबार भने वृद्धि भएको छ । 

यस दिन ३८.१० अंकले घटेर परिसूचक २ हजार ७८१ विन्दुमा ओर्लिएको छ । यस दिन ८ अर्ब ९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६५ करोड रुपैयाँको शेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

हिजो बुधबार ७ अर्ब ६० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । आज विकास हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक समूहबाहेक सबै उपसूचक समूह राताम्मे भएको छ । सबैभन्दा धेरै विकास बैंक उपसूचक २.३८ प्रतिशतले घटेको छ । 

यो साताको ५ कारोबारदिन मध्ये ३ दिन शेयर बजार बढ्दा २ दिन घटेको छ । आइतबार १८.०२ अंकले घटेको बजार सोमबार २१.३० अंकले वृद्धि भएको थियो । यसैगरी, मंगलबार र बुधबार पनि ४.८३ र ५३.०१ अंकल बढेको बजार बिहिबार ३८.१० अंकले घटेको हो । समग्रहमा यो साता २३.०३ अंकले बजार बढेको छ ।