शीर्षकहरू

हिमस्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि किनबेच गर्न सकिने

हिमस्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि किनबेच गर्न सकिने

काठमाडौं । हिमस्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । आज बिहिबार कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको हो । 

नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि सो शेयर खरिद बिक्री गर्न सकिने छ । जसका लागि कम्पनीले ९९.१७ रुपैयाँ देखि २९७.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । उक्त रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । 

कम्पनीको सिम्बल एचआईएमएसटीआर (HIMSTR) रहेको छ । कम्पनीले सर्वसाधारणका लागि ११ लाख १९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री गरेको थियो । उक्त आइपीओ वापतको शेयर र संस्थापक शेयरधनीहरुको लगानी वापतको २६ लाख ११ हजार गरी कुल ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको हो ।