काठमाडौं । बाजेको सेकुवा लिमिटेडले पनि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गर्ने जनाएको हो ।
कम्पनीले असोज २ गते वार्षिक साधारणसभा बोलाएको छ । दिउसो ३ बजेदेखि सभा सुरु हुनेछ ।
यस्ता छन् साधारणसभाका प्रस्तावहरु
१. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरु गर्ने वारे ।
२. सर्वसाधारणका लागि साधारण शेयर (आई.पि.ओ) निष्काशन गर्ने सम्बन्धमा ।
३. कम्पनीले संचालन तथा विकास गर्ने परियोजनाहरुको लागि बैंक तथा अन्य वित्तीय संस्थाहरुबाट लिने आवश्यक कर्जा कम्पनी ऐन, २०६३ को दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्वन्धमा ।
४. अन्य कम्पनीसंग मर्जर गर्ने, DDA गर्ने, मर्जरको सम्झौता गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।
५. नियमन निकायहरु, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
आर्थिकन्यूज