काठमाडौं । मिड सोलु हाइड्रोपावरले आर्थिक वर्ष २०८१-८२ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाइड्रोपावरको अहिलेको चुक्ता पूँजी ७४.८४ करोड रहेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
आर्थिकन्यूज