काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद्मा सम्बोधन गर्ने भएका छन् । आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिनको लागि प्रधानमन्त्री ओलीले भोलि सदनमा बोल्न लागेका हुन् ।
सभामुख देवराज घिमिरेले आज प्रमुख पाँच दलका प्रमुख सचेतकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने जानकारी दिएका हुन् । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।
प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाँदैछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङ्को निम्तोमा प्रधानमन्त्री ओली भदौ १४ गते नेपाली प्रतिनिधिहरुको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
आर्थिकन्यूज