शीर्षकहरू

बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

गत सोमबार  बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस समिति गठन गरेको हो । सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल रहेका छन्।

सरकारले फर्जी कागजात बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई भदौ २ गते बर्खास्त गरेको थियो । उनको नियुक्ति विवादित भएपछि गत असार ३० गते मन्त्रिपरिषद्ले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। त्यही दिनबाट उनी पदबाट निलम्बित भएका थिए।

समितिले उनीसँग प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको र फर्जी कागजात बुझाएर नियुक्ति लिएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो। गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो।