शीर्षकहरू

नयाँ बजेट योजनाले कोरियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव

नयाँ बजेट योजनाले कोरियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव

न्यूयोर्क।  दक्षिण कोरियाको केन्द्रीय बैंकले नयाँ सरकारद्वारा ल्याइएको अतिरिक्त बजेट योजनापछि आगामी वर्षको आर्थिक वृद्धिको अनुमान ०.१ प्रतिशतले बढाएको छ ।

बैंकको अनुसार, मूल्यवृद्धि समायोजन गरिएको वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ मा ०.९ प्रतिशतले वृद्धि हुने छ, जुन तीन महिना अगाडि गरिएको ०।८ प्रतिशतको अनुमानभन्दा बढी हो ।

यो वृद्धिमा राष्ट्रपति ली जे-म्युंग नेतृत्वको सरकारले जनतालाई नगद सहायता प्रदान गरेर उपभोग बढाउने उद्देश्यले ल्याएको बजेट योजना मुख्य कारण रहेको जनाइएको छ ।

बैंकको यो अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषको ०.८ प्रतिशतको अनुमानभन्दा माथि भए पनि आर्थिक सहयोग तथा विकास संगठनले गरेको १.० प्रतिशतको अनुमानभन्दा तल छ ।

केन्द्रीय बैंकले सन् २०२६ मा आर्थिक वृद्धि दर १.६ प्रतिशत हुने अघिल्लो अनुमानलाई यथावत् राखेको छ ।

उपभोग्य वस्तुहरूको मूल्यवृद्धि दर भने यस वर्ष २.० प्रतिशत र आगामी वर्ष १.९ प्रतिशत रहने अनुमान गरिएको छ । सिन्ह्वा