शीर्षकहरू

साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै

साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै

काठमाडौं । साफ यू– १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे सुरु हुने छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ ।

 नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपालले प्रतिस्पर्धा गर्ने  छ । उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिसकेको  छ ।