काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना (साउन) मा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीकहरुले उक्त रकम संकलन गरेका हुन् ।
यो अवधिमा २ लाख १५ हजार २८५ वटा बीमाखेल कम्पनीहरुले विक्री गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकारणका अनुसार सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ भने धेरै बीमालेख जारी गर्नेमा यूनाइटेड अजोड इन्स्योरेन्स रहेको छ ।
यस्तै, सलिकोले साउनमा ४५ करोड ५४ लाख रुपैयाँ बढी बीमाशुल्सक संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४१ करोड ७९ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले ४१ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ । यसैगरी, द ओरियन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख हिमालयन एभरेष्ट इस्योरेन्सले ३६ करोड ५२ लाख, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ करोड ६७ लाख र नेको इन्स्योरेन्सले ३२ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यता, यूनाइटेड अजोड इन्स्योरेन्सले ३३ हजार ३४२ वटा बीमालेख विक्री गरेर धेरै बीमालेख विक्री गर्ने सूचीको पहिलो नम्बरमा रहेको छ भने शिखर इन्स्योरेन्सले २५ हजार २३७ वटा पोलिसि विक्री गर्दै दोस्रो स्थानमा रहेको छ ।
सिद्धार्थ प्रिमियरले २२ हजार ५९३ वटा, हिमालयन एभरेष्टले २१ हजार ७५७ वटा, नेकोले २१ हजार ६९३ वटा र सलिकोले २१ हजार १५१ वटा पोलिसि विक्री गरेको छ ।

आर्थिकन्यूज