काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना (साउन) मा जीवन बीमा कम्पनीहरुले २० अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । ३ लघु सहित १७ जीवन बीमा कम्पनीले २० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यो अवधिमा ५ वटा कम्पनीले अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् भने अन्य कम्पनीको व्यापार अर्ब भन्दा कम रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स र सुर्यज्योति लाइफ इन्स्योरेन्सको व्यापार अर्ब भन्दा बढी रहेको छ ।
नेपाल लाइफले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफले २ अर्ब ४१ करोड ४५ लाख, एलआईसी नेपालले २ अर्ब ३ करोड ९९ लाख, हिमालयन लाइफले २ अर्ब २ करोड ८१ लाख र सूर्यज्योति लाइफले १ अर्ब २४ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
यता लघुबीमा कम्पनीहरु मध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा धेरै ३ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा लिबर्टी माइक्रो लाइफले २ करोड ६८ लाख र क्रेष्ट माइक्रो लाइफले १ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ ।
यो महिनामा जम्मा ३ अर्ब ६३ करोड २८ लाख रुपैयाँ प्रथम बीमाशुल्कबाट संकलन भएको छ । यसैगरी, नविकरणबाट १६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ संकलन भएको हो । कम्पनीहरुले एक महिनामा ६ लाख ४८ हजार ५८८ वटा पोलिसि विक्री गरेका छन् ।
वैदेशिक रोजगार म्यादी जीवन बीमालेख विक्री वापत २८ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । साउनमा ६८ हजार जनाले वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका छन् ।
बीमाशुल्क रू लाखमा :

आर्थिकन्यूज