शीर्षकहरू

३३ ओैं महानगर प्रहरी दिवस भदौ १४ गते मनाईँदै

३३ ओैं महानगर प्रहरी दिवस भदौ १४ गते मनाईँदै

काठमाडौ । काठमाडौं महानगर प्रहरी बलले भदौ १४ गते बिहान ९ बजे राष्ट्रिय सभा गृहमा ३३ औं महानगर प्रहरी दिवस मनाउने भएको छ। कार्यक्रममा काठमाडौं महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । 

पाण्डेका अनुसार महानगर प्रहरी बलले आफ्नो ३३ ओैं स्थापना दिवसको सुखद् अवसरमा भदौ ११ गते स्वयम्भू परिसरको विशेष सरसफाइ गरेको थियो भने भदौ १२ गते नयाँ वानेश्वरदेखि पुरानो वानेश्वरसम्म सरसफाइ गरेको थियो । त्यस्तै आज भदौ १३ गते बिहान बालाजु पार्कभित्र वृक्षारोपण सम्पन्न गरेको छ ।

३३ ओैं महानगर दिवसको उपलक्ष्यमा आव ०८१/०८२ मा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरूलाई महानगर प्रहरी गौरव पुरस्कार, उत्कृष्ट महानगर प्रहरी पुरस्कार, महानगर प्रहरी पुरस्कार, ग्रेड वृद्धि लगायतका पुरस्कारले प्रहरीहरूको हौसला बढाइने समेत पाण्डेले जानकारी दिए । 

काठमाडौँ महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनु अघि २०५० साल भाद्र १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो ।