काठमाडौं । विगतमा हिरो ब्राण्डको मोटरसाइकल तथा स्कुटर आयात तथा बिक्री गर्दै आएको ज्योति ग्रुपले हाल जोन्सेन ब्राण्डको मोटरसाइकल तथा स्कुटर बिक्री गर्न थालेको छ ।
कम्पनीले गत वर्षदेखि जोन्सेन ब्राण्डको दुई पांग्रे सवारी आयात तथा बिक्री गर्न सुरु गरेको हो । जोन्सेन एक चाइनिज अटोमोबाइल उत्पादक कम्पनी हो । यस ब्राण्डको बाइक तथा स्कुटरहरु विश्वका १०० भन्दा देशहरुमा लोकप्रिय छन् ।
अमेरिकादेखि बेलायतसम्म यस ब्राण्डको मोटरसाइकलहरु ठुलो मात्रामा निर्यात हुँदै आएको छ । ज्योति ग्रुप अन्तर्गतको कम्पनी स्यामुकपु ट्रेड्रिङ प्रालिले गत वर्षदेखि नेपालमा पनि यस ब्राण्ड बिक्री गर्न थालेको हो ।
कम्पनीले १३ वटा मोडलहरु नेपाल भित्रिर्याएका छन् । जसमध्य केही स्कुटरहरु पनि रहेका छन् । यस बाण्डका बाइकहरु अफरोड भेरियन्टका हुन् । उक्त ब्राण्डका बाइक तथा मोटरसाइकलहरु एक वर्षमा ३०० भन्दा बढी बिक्री भइसकेका छन् । जसमध्ये जेएस १२५जीवाई ३ (भीआई) मोडल नेपालमा धेरै बिक्री भएको बाइक हो ।
जेएस १२५जीवाई ३ (भीआई)
१५० सीसीमा उपलब्ध यो बाइकको अगाडी र पछाडि नै डिक्स ब्रेक रहेको छ । अगाडीको टायरको आगका ९०/९०-९० र पछाडिको टायर ११०/९०-१७ रहेको छ । ग्राउण्ड क्लियरेन्स २५० मिमि रहेको सो मोटरसाइकलको वजन ११८ किलो रहेको छ । जसमा १२ लिटरको पेट्रोल ट्यांकी रहेको छ ।
४५ किलोमिटरसम्मको माइलेज दिने यस बाइको मूल्य ३ लाख ३० हजार रुपैयाँ रहेको छ । तर, कम्पनीले हाल १० हजार नगद सहित विभिन्न छुट अफर सञ्चालन गरेको छ ।
बजेट फ्रेण्ड्ली मूल्यमा खरिद गरेर अफरोड डिजायर फुलफिल गर्न सकिने भएकाले यस मोटरसाइकल प्रति युवाहरुको आकर्षण रहेको कम्पनीको भनाई छ ।
जेएस १२५जीवाई ८
२०० सीसीमा उपलब्ध यो बाइकको अगाडी र पछाडि नै डिक्स ब्रेक रहेको छ । अगाडीको टायरको आगका ९०/९०-१९ र पछाडिको टायर ११०/९०-१७ रहेको छ । ग्राउण्ड क्लियरेन्स २४० मिमि रहेको सो मोटरसाइकलको वजन १२९ किलो रहेको छ । जसमा १२ लिटरको पेट्रोल ट्यांकी रहेको छ ।
४० किलोमिटरसम्मको माइलेज दिने यस बाइको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको छ । तर, कम्पनीले हाल १० हजार नगद सहित विभिन्न छुट अफर सञ्चालन गरेको छ ।
आर्थिकन्यूज