काठमाडौं । नेपाल टेलिकमले कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा अवरुद्ध भएको जनाएको छ । प्राविधिक कारणले उक्त सेवा अवरुद्ध भएको टेलिकमले जानकारी दिएको छ ।
समस्या सामाधानका लागि प्रयास जारी रहेको भन्दै यसबाट पर्न गएको असुविधाप्रति टेलिकमले क्षमा मागेको छ । सेवामा आज मंगलबार एक्कासी समस्या आएको जनाइएको छ ।

आर्थिकन्यूज