काठमाडौं । क्यूआरबाट हुने कारोबार रकम ९१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा क्यूआरबाट मात्रै नौ खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो आवको सोही अवधिमा भने चार खर्ब ९९ अर्ब ७९ करोड रुपैयाँ कारोबार भएको तथ्यांक छ ।
गत असार महिनामा मात्रै क्यूआरबाट एक खर्ब १३ अर्ब १९ करोड रुपैयाँ कारोबार भएको थियो । जेठ महिनामा ९३ अर्ब ४७ करोड र बैशाखमा ९६ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै, चैतमा ९० अर्ब ८८ करोड, फागुनमा ८० अर्ब १९ करोड र माघ महिनामा ७७ अर्ब ९० करोड रुपैयाँ क्यूआरमा आधारित कारोबार भएको केन्द्रिय बैंकको तथ्यांक छ ।
क्यूआरबाट हुने कारोबार संख्या पनि ८६ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार गत आवमा क्यूआरबाट ३१ करोड ५७ लाख ४२ हजार पटक कारोबार भएको छ। अघिल्लो आवको सोही अवधिमा भने १६ करोड ९३ लाख ४६ लाख पटक कारोबार भएको तथ्यांक छ ।
प्रविधिको विकाससँगै सहज कारोबार हुँदा क्यूआर जस्तो डिजिटल कारोबार रकम र संख्या बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए । ‘धेरै मानिसले विद्युतीय भुक्तानीलाई अंगीकार गरेका छन् । यसको कारण भनेको नगद रकम बोकेर हिड्नुपर्ने झन्झट नहुने, तत्काल भुक्तानी र साना साना रकमको पनि कारोबार हुने हुँदा यस्तो कारोबार प्रयोग बढ्न थालेको हो,’ उनले भने ।
आरटीजिएस एक वर्ष ७४९ खर्ब कारोबार
विद्युतीय भुक्तानीमध्ये आरटीजिएसबाट हुने भुक्तानी ९४ं.४४ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आवमा आरटीजिएसबाट ७४९ खर्ब १ अर्ब ७५ करोड रुपैयाँ कारोबार भएको छ । अघिल्लो आवको सोही अवधिमा भने ३८५ खर्ब २० अर्ब २२ करोड कारोबार भएको थियो ।
गत असार महिनामा आरटिजिएसबाट ९२ अर्ब १० अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जेठ महिनामा ६२ अर्ब ४९ अर्ब ७४ करोड रुपैयाँ कारोबार भएको थियो भने ६१ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आरटिजिएस भनेको रियल टाइम सेटलमेन्ट हो । आरटिजिएसबाट ठूला रकम भुक्तानीको लागि प्रयोग गरिन्छ । त्यसैले यसको कारोबार रकम पनि ठूलो देखिएको हो । समीक्षा अवधिमा यसको भुक्तानी कारोबार संख्या भने कम देखिएको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार गत आवमा आरटिजिएसबाट आठ लाख ४२ हजार १२२ पटक कारोबार भएको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा भने चार प्रतिशतले मात्रै धेरै हो । अघिल्लो आवको सोही अवधिमा आठ लाख नौ हजार ७६९ पटक कारोबार भएको छ ।
प्रिपेड कार्डबाट हुने कारोबार पनि ६६ प्रतिशतले बढ्यो
प्रिपेड कार्डबाट हुने भुक्तानी रकम पनि ६६.४६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा प्रिपेड कार्डबाट १२ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार थियो । अघिल्लो आवको सोही अवधिमा सात अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो ।
गत असारमा प्रिपेड कार्डबाट मात्रै एक अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जेठ महिनामा एक अर्ब दुई करोड र बैशाख महिनामा ९९ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै, चैत महिनामा ९९ करोड ४० लाख, फागुनमा ८५ करोड ९० लाख र माघ महिनामा एक अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस्तै, प्रिपेड कार्डको कारोबार संख्या पनि ४० प्रतिशत भन्दा धेरैले बढेको छ । गत आवमा १६ लाख १२ हजार ३६ पटक कारोबार भएको छ । यस्तै, अघिल्लो आवको सोही अवधिमा ११ लाख ४५ हजार ५१० पटक कारोबार भएको थियो ।
पछिल्लो समयमा प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको बैंकरहरु बताउँछन् । प्रिपेड कार्ड आन्तरिक कारोबारको लागि प्रयोग गरिन्छ ।
मोबाइल बैकिङग कारोबार ४५ प्रतिशतले बढ्यो
मोबाइल बैकिङ कारोबार ४५ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार गत आवमा मोबाइल बैकिङ मार्फत ५० खर्ब १८ अर्ब ३३ करोड रुपैयाँ कारोबार भएको छ । अघिल्लो आवको सोही अवधिमा ३४ खर्ब ५२ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक छ ।
गत असार महिनामा मोबाइल बैकिङबाट पाँच खर्ब ३० अर्ब २८ करोड रुपैयाँ कारोबार भएको थियो । जेठ महिनामा चार खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने बैशाख महिनामा चार खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो ।
गत वर्ष मोबाइल बैकिङको कारोबार रकमको साथमा संख्या पनि बढेको छ । गत वर्ष मोबाइल बैकिङको ६१ करोड ४१ लाख ३३ हजार ९१० पटक कारोबार भएको छ । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ४६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ४२ करोड ८ लाख ९९ हजार पटक कारोबार भएको छ ।
विद्युतीय कारोबार ७१ प्रतिशतले बढ्यो
गत वर्ष विद्युतीय कारोबार ७१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा विभिन्न विद्युतीय माध्यमबाट ९८४ खर्ब २८ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो आवको सोही अवधिमा भने ५७४ खर्ब ७८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
गत असारमा ११९ खर्ब ५० खर्ब ८४ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको थियो । जेठमा ८३ अर्ब २४ अर्ब ३५ करोडको कारोबार भएको थियो भने बैशाखमा ८१ खर्ब ७६ अर्ब एक करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक छ ।
गत वर्ष विद्युतीय कारोबार संख्या पनि ३६ प्रतिशतले बढेको छ । गत वर्ष एक अर्ब ८४ करोड २१ लख ३९ हजार पटक कारोबार भएको छ भने अघिल्लो आवको सोही अवधिमा एक अर्ब ३४ करोड ६० लाख ३० हजार पटक कारोबार भएको छ ।
वालेटबाट हुने कारोबार पनि ६७.२६ प्रतिशतले बढेको छ । गत आवमा वालेटबाट मात्रै पाँच खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ कारोबार भएको छ । अघिल्लो आवको सोही अवधिमा भने तीन खर्ब दुई अर्ब ६९ करोड रुपैयाँ कारोबार भएको थियो ।
गत वर्ष इ–कमर्शबाट १३ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा भने आठ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मुना कुँवर