शीर्षकहरू

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय निर्णयले ३ वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज लामो समयदेखि अध्यक्षविहीन अवस्थामा रहेको थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएसँगै नेप्सेमा अध्यक्ष नियुक्त गरिएको थिएन ।

बस्याल एसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । उनले केही दिन अघि मात्र त्यसबाट राजिनामा दिएका थिए। बस्यालले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । बस्याल करिब २ वर्षअघि सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

बस्यालले यसअघि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन गरेका थिए । यस्तै, उनले नेपाली पुँजी बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि पनि आवेदन गरेका थिए ।