शीर्षकहरू

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको अध्यक्षमा पुनः ज्ञवाली चयन

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको अध्यक्षमा पुनः ज्ञवाली चयन

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न भएको छ । संगठनका अध्यक्ष दीपक ज्ञवालीको अध्यक्षतामा ललितपुरको कुपोन्डोलमा अधिवेशन सम्पन्न भएको हो । 

सो अधिवेशनबाट दोस्रो कार्याकालका लागि अध्यक्षमा ज्ञवाली नै पुन: चयन भएका छन् । प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा ज्ञवालीले नयाँ कर्मचारीलाई टिका र खादा लगाएर स्वागत गरेका थिए । 

संगठनको वरिष्ठ उपाध्यक्षमा केशव राज भण्डारी, उपाध्यक्षमा सुरेन्द्र चौलागाईं, महासचिवमा सागर आचार्य, सचिवमा भुमा कुमारी आचार्य र कोषाध्यक्षमा सुष्मा पौडेल नियुक्त भएका छन् ।

सदस्यहरूमा अन्जना शर्मा, सचिन राई, जोति राज जोशी, मान बहादुर चौधरी र हरेराम श्रेष्ठ चयन भएका हुन् । भदाै २० गते भएकाे साे अधिवेशनबाट पुनः अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिइँदै ज्ञवालीले सबै कर्मचारीलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।