काठमाडौैं । गत साताको अन्तिम तीन कारोबार दिन लगालग घटेको नेप्से यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक ११.५२ अंक घटेर २७०८.२५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब १४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्इ बढेको हो। जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.६८ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको ०.६५ प्रतिशत घटेको छ।
यस दिन हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.६२ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
आर्थिकन्यूज